बालबालिकालाई झोला सहयोग

दैलेख : दैलेखको नारायण नगरपालिका–१ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई शैक्षिक सामग्री अन्तर्गत झोला वितरण गरिएको छ । सिटिजन लाइफ इन्स्वरेन्स दैलेख शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका ७० जना बालबालिकालाई झोला सहयोग गरेको हो ।

बालबालिकाको शैक्षिक सुदामा टेवा पु¥याउने उद्देश्यले कम्पनीको सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत विद्यार्थीलाई झोला वितरण गरिएको सिटिजन लाइफ इन्स्वरेन्स दैलेख शाखाका प्रबन्धक पदम बहादुर सुनारले बताए । झोला वितरण कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख लक्ष्मण मरासिनीको उपस्थिति रहेको थियो ।

कम्पनीले आफ्नो स्थापना कालदेखि संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बालबालिकालाई प्रत्येक वर्ष विभिन्न शैक्षिक सामग्री प्रदान गर्दै आएको छ । आर्थिक अभावका कारण समस्यामा रहेका विद्यार्थीलाई शैक्षिक सामग्री बर्सेनि वितरण गर्दै आएको जिल्ला शाखा प्रबन्धक सुनारले जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार